८ बैशाख २०८१, शनिबार

गण्डकी प्रदेशमा ९५९ जना कोरोना संक्रमित थपिए, १५ जनाको मृत्यु

प्रकाशित मिति :  18 May, 2021 4:33 pm


काठमाडौं । गण्डकी प्रदेशमा ९५९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्ला दिनमा गण्डकीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको देखिएको छ ।

कास्कीमा धेरै संक्रमित भेटिने गरेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले पछिल्लो २४ घण्टाको तथ्याङ्क सार्वजनिक गर्दा कास्कीमा मात्रै ४१७ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै बागलुङ्मा १२३,तनहुँमा ११२,स्याङ्जामा ८६, नवलपरासी पूर्वमा ७६, पर्वतमा ७४, गोरखामा ३५, म्याग्दीमा २७ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै लमजुङमा ८, मुस्ताङमा १ जना संक्रमित थपिएका छन् । मनाङमा भने कुनै पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भेटिएका छैनन् । त्यस्तै पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ ।

निर्देशनालयका अनुसार बागलुङमा ४, कास्कीमा ३, नवलपरासी पूर्व, मुस्ताङ र तनहुँमा २/२ जना र पर्वत र स्याङ्जामा १/१ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !