७ बैशाख २०८१, शुक्रबार

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्व थप अविश्वास प्रस्ताव राख्न मिल्दैन : प्रदेश प्रमुख यादव

प्रकाशित मिति :  18 May, 2021 5:11 pm


रुपन्दही । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अब एक वर्षसम्म अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने जानकारी गराएका छन् ।

विपक्षी चार दलले प्रदेशसभामा पहिले नै दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बहुमत सदस्यको हस्ताक्षरसहितको पत्र बुझाएपनि प्रदेश प्रमुख यादवले सभामुखलाई पत्र पठाउँदै अविश्वास प्रस्तावमाथि छलफल गर्न संविधानअनुसार नमिल्ने जानकारी गराएका छन् ।

प्रदेश प्रमुख यादवले ‘संविधानको धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम  हाल अधिवेशन आव्हान गर्न मिल्ने अवस्था नदेखिएको’ उल्लेख गरेका छन् ।

संविधानको धारा १८८ (४) को प्रतिबन्धात्मक वाक्यांशमा मुख्यमन्त्री विरुद्ध पहिलो २ वर्ष र एक पटक राखेको अविश्वास प्रस्ताव असफल भएको एक वर्षभित्र अविश्वास प्रस्ताव पेश गर्न नमिल्ने व्यवस्था गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !