१६ चैत्र २०८०, शुक्रबार

पछिल्लो २४ घण्टामा ८,२०३ जना संक्रमित थपिदा ६,८९१ जना निको, १९६ जनाको मृत्यु

प्रकाशित मिति :  18 May, 2021 5:44 pm


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८,२०३ जना कोरोना संक्रमित भेटिएका छन् ।  १९६ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्याङ् अनुसार पीसीआर विधिबाट २०२८६ र एन्टिजेन विधिबाट ६९३ जनाको स्वाब परीक्षण गर्दा ८,२०३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ६,८९१ जना कोरोना संक्रमण मुक्त भएको छ । हिजो देशभर ९,२४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने २१४ जनाको मृत्यु भएको थियो ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ भने मृतकको कुल संख्या ५४११ पुगेको छ



प्रतिक्रिया दिनुहोस !