१६ चैत्र २०८०, शुक्रबार

नेपालमा कोरोनाका तीनवटा भेरियन्ट सक्रिय रहेको पुष्टि,थप सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

प्रकाशित मिति :  18 May, 2021 7:30 pm


काठमाडौं । नेपालमा कोरोना भाइरसका तीनवटा भेरियन्ट सक्रिय रहेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै देशका विभिन्न भागबाट गत हप्ता संक्रमित संक्रमितका ३५ वटा नमूनाहरू परीक्षण गर्दा नयाँ भेरियन्टको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त भारतको प्रयोगशालमा गरेको जिन सिक्विन्सिङबाट नयाँ भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

हाल पत्ता लागेको नयाँ भेरियन्टले सबै समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको मन्त्रालयको भनाई छ । यससँगै नेपालमा कोरोनाका तीनवटा भेरियन्ट सक्रिय रहेको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !