५ जेष्ठ २०८१, शनिबार

नेष्डो लघुवित्तको ८ करोड रुपैयाँ भन्दा बढीको आइपीओ आउँदै

प्रकाशित मिति :  20 May, 2021 1:42 pm


काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ८ करोड २८ लाख ७५हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५०कित्ता सेयर आइपीओ जारी गर्न लागेको संस्थाका अध्यक्ष विश्व प्रकाश प्रसाईले बताए ।

संस्थाले उक्त आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आएमआई क्यापिटल नियुक्त गरेको छ । नेष्डो र ग्लोबल आइएमई क्यापिटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौता हालै सम्पन्न भएको छ ।

उक्त सम्झौतापत्रमा लघुवित्तको तर्फबाट कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरेका छन् ।

पर्वत जिल्लामा केन्द्रिय कार्यालय रहेको नेष्डो समृद्ध नेपाललाई राष्ट्र बैंकले “घ” वर्गको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजत दिएको छ । यसको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ ।

संस्थापक समूहको हिस्सा ७०% सेयर छ । यस लघुवित्तमा दुई वटा संस्था र ८१ जना संस्थापक सेयरधनीहरुले १७ करोड २१ लाख २५ हजार रुपैयाँ बराबरको सेयर पुँजी चुक्ता गरिसकेका छन् । कम्पनीले जारी पुँजीको ३०% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । यद्दपि, धितोपत्र बोर्डमा निवेदन दिएर बोर्डको अनुमति पाएपछि मात्र आइपीओ जारी हुनेछ ।

नेष्डो समृद्धिले हाल ५६ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रियस्तरमा ७८ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिँदै आइरहेको छ । राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले विगत २० वर्षदेखि नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थकर्ताको कारोबार गर्ने इजाजत लिएर काम गर्दै आइरहेको थियो ।

२०७५ फाल्गुन २९ गते नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संंस्थाको रुपमा काम गर्न इजाजत दिएपछि आफ्नो वित्तीय कारोबार सुरु गरेको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !