१६ चैत्र २०८०, शुक्रबार

रोल्पामा हालसम्म ९ जनाको मृत्यु, एकै दिन २९ जना निको भए: छैन आइसियु र भेन्टिलेटर

प्रकाशित मिति :  20 May, 2021 4:43 pm


—उमा केसी—

रोल्पा । कोरोनाको दोश्रो लहरपछि रोल्पामा कोरना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या ९ पुगेको छ । दोस्रो लहरमा मृत्तकको संख्या बढ्दो क्रममा देखिएको छ ।

बिहीबार मात्र रोल्पाभर ४६ संक्रमित थपिएका छन् भने २९ जना निको भएर घर फर्केका छन् । दाेस्राे लहरयता हालसम्म ६५ जना निकाे भएकाे जिल्ला प्रशासन कार्यालयकाे तथ्यांक छ ।

हालसम्म ६ सय ९८ जनाको एन्टीजेन परिक्षण गर्दा ३ सय २ जना र ६ सय ३७ जनाको पिसिआर परिक्षण गर्दा ३ सय १० जना संङ्क्रमित थपिएका छन् ।

जिल्लामा उपलब्ध अक्सिन सिलिन्डर संख्या ७६ रहेकाे छ । जिल्लाभर एम्बुलेन्स संख्या १८ रहेको बताइएको छ । रोल्पामा अहिलेसम्म आईसियु र भेन्टिलेटर नभएको रोल्पा अस्पतालले जनाएको छ ।

यससँगै सगै बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ५ सय ३८ जना पुगेको जिल्ला प्रसासन कार्यालय रोल्पाले जनाएको छ ।

हाल ४ सय ५० जना होम आइसोलेसनमा सामान्य अबस्थामा रहेका छन् भने ५ जना रोल्पा अस्पतालको आइसुलेसनमा रहेको रोल्पा अस्पतालले जनाएको छ ।

थप ८३ जना संक्रमित जिल्ला भित्रका विभिन्न आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय रोल्पाले बताएको छ ।

जिल्लामा उपलव्ध स्वास्थ्थ पुर्वाधार रुपमा रहेको वेड संख्या ७६ रहको छ । कोभिड परिक्षण गर्ने अपस्तालको संख्या ४ रहेको स्वास्थ्थ कार्यालय रोल्पाले बताएको छ ।

यस्ताे छ बिहीबार सार्वजनिक प्रतिवेदनः



प्रतिक्रिया दिनुहोस !