तिनाउ नदीमा बाढीको सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
प्रकाशित मिति : 26 September, 2026 8:18 pm
बुटवल । तिनाउ नदीमा जलसतह सतर्कता तह पार गरेपछि बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार बुटवलस्थित जलमापन केन्द्रमा तिनाउ नदीको जलसतह सतर्कता तह पार गरी बढ्दो क्रममा रहेको छ। नदी आसपासका तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहेका नागरिकलाई भोलि साँझसम्म विशेष सावधानी अपनाउन आग्रह गरिएको हो।
महाशाखाले नदीको बहाव बढिरहेकाले अनावश्यक रूपमा नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र सम्भावित डुबानबाट सुरक्षित रहन आग्रह गरेको छ।









