७ भदौ २०८३, आइतबार

कोरोना भाइरस बिरुद्ध एकजुट भई लडौं : नेता खड्का

प्रकाशित मिति :  21 May, 2021 9:24 pm


अर्घाखाँची । राष्ट्रिय सभाका पूर्व सदस्य चन्द्रबहादुर खड्काले कोरोना भाईरस बिरुद्ध एकजुट भई लड्न सबैलाई आग्रह गरेका छन् ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री चेतनारायण आचार्यले स्वास्थ्यकर्मी र सुरक्षा निकायका लागि पठाएको स्वास्थ्य सामग्री जिल्ला अस्पतालमा हस्तान्तरण गर्दै खड्काले विश्व मानव जातिलाई चुनौती दिनेगरी देखापरेको कोरोना भाईरसको रोकथाम र नियन्त्रणको निम्ति सबैपक्ष एकजुट भएर लाग्नुपर्ने बताएका हुन् ।

पछिल्ला दिनहरूमा अर्घाखाँची जिल्लामा कोरोना संक्रमितहरु बढ्दै जानुका साथै मृत्युका घट्नाहरु समेत बढ्दै गएको भन्दै उनले यसको प्रभावकारी नियन्त्रणको निम्ति सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताए ।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका खड्काले विषम परिस्थितिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी ,जनप्रतिनिधि ,राजनितीकदल र नागरिक समाजले महत्वपूर्ण भूमिका खेलेको भन्दै जनतालाई कुरा भन्दा बढी काम चाहिएको बताए ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जिल्लाका बासिन्दाको स्वास्थ्य प्रति आफूहरु सचेत रहेको बताउँदै जनतालाई आवश्यक पर्ने सबै खालको सहयोग गर्ने धारणा राखे ।

उनले जिल्लाबाट प्रतिनिधित्व गर्ने मन्त्री र सांसदहरू बाट कोभिड नियन्त्रणमा ठूलो सहयोग प्राप्त भएको भन्दै प्रशसन्नता व्यक्त गरे । जिल्ला अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले अस्पतालको क्षमता बृद्धिगरी अस्पताललाई सुबिधा सम्पन्न बनाउने गरि काम भैरहेको बताए ।

अर्घाखाँची जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कपिल गौतमले अक्सिजन प्लान्ट निर्माणको काम सुरु भएको भन्दै अक्सिजन प्लान्ट निर्माणको निम्ति सहयोग पुर्याएको भन्दै मन्त्री र सांसदहरूको प्रशंसा गरे ।

उनले अस्पतालमा प्रत्येक दिन अक्सिजन आपूर्ति गर्न लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री चेतनारायण आचार्यले खलेको भूमिका सधै स्मरणीय रहने बताए ।

मन्त्री आचार्यले पहिलो लाईनमा बसेर काम गर्ने जिल्ला अस्पताल ,जिल्ला दैवीप्रकोप उद्दार समिति ,नेपाली सेना,नेपाल प्रहरी ,सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारीहरुको निम्ति अत्यावश्यक पर्ने ११ किसिमका स्वास्थ्य सामाग्री पठाएका थिए ।



प्रतिक्रिया दिनुहोस !