२२ बैशाख २०८१, शनिबार

सुनकाे मूल्य ताेलामै ७ सय बढ्याे , चाँदी स्थिर

प्रकाशित मिति :  27 May, 2021 11:18 am


काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । मंगलबार ९३ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मूल्य बिहिबार तोलामै ७ सयले बढेर तोलाको ९४ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९३ हजार ७ सय रहेको छ ।

बिहिबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार १३५० मा कारोबार भएको चाँदीको मूल्य आज पनि साेही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !