४ जेष्ठ २०८१, शुक्रबार

नेप्सेमा माइक्रोफाइनान्स ओरालो लाग्दा १४ अर्ब माथिको कारोबार

प्रकाशित मिति :  27 May, 2021 3:21 pm


काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज कारोबारको सुरुवाती समयदेखि नै कारोबार रकममा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिहीबार कारोबार रकममा नयाँ इतिहास कायम भएको छ । नेप्सेमा १४ अर्ब रुपैयाँ भन्दा बढिको कारोबार हुँदा अहिलेसम्मको रेकर्ड ब्रेक भएको नेप्सेले जनाएको छ ।

बिहीबार बजार खुलेदेखि नै राताम्ये बनेको नेप्से बजार बन्द हुनु भन्दा केही १ घण्टा अघिबाट पुन लयमा फर्केको थियो । आज नेप्से परिसूचक १.२० अंकले घटेर २८१५.४० अंकमा पुगेको छ भने राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ पनि ०.२८ अंकले घटेर ५०३.७१ अंकमा पुगेको छ ।
नेप्सेमा रहेका नेप्से उपसमूहमा १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ । अहिलेसम्म माइक्रोफाइनान्स समुह सबैभन्दा धेरै १९१.९६ अंकले ओरालो लागेको छ । भने सबैभन्दा धेरै ट्रेडिङ समुह २८१.५३ अंकले उकालो लागेको छ ।
अहिलेसम्म खानीकोला हाइड्रो, नेपाल हाइड्रो डेभलर्पस्, र यूनाइटेड मोदी हाइड्रो कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै अन्य १७ वटा हाइड्रोको सेयर मूल्य सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

अहिलेसम्म सर्वाधिक गुमाउने ९ कम्पनीमा सबै लघुवित्त रहेका छन्। जसमा लक्ष्मी, गुराँस, एनएमबी लघुवित्त, गणपति, मिर्मिरे, मेरो, साधना, सिभिल र समता घरेलु लघुवित्त छन्। यी लघुवित्तको सेयरमूल्यमा ४ प्रतिशतदेखि ५ प्रतिशत बढीले गिरावट आएको छ।

नेप्सेमा सूचीकृत २१५ कम्पनीका ४ करोड १८ लाख १३ हजार ९१४ कित्ता सेयर १४ अब ७६ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !