अर्घाखाँचीमा थपिए ४१ जना कोरोना संक्रमित, १ जनाको मृत्यु
प्रकाशित मिति : 27 May, 2021 6:07 pm
अर्घाखाँची । अर्घाखाँचीमा ४१ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार थप १ जनाको मृत्यु भएको छ ।
प्रशासन कार्यालयका अनुसार आज थपिएकामध्य सन्धिखर्क नगरपालिकाका ८, भुमिकास्थान नगरपालिकाका १३४, शितगंगा नगरपालिकाका २९, मालारानी गाउँपालिकाका १ र पाणिनी गाउँपालिकाका १ जना रहेका छन् ।
यससँगै सक्रिय संक्रमितको संख्या ७०७ रहेको छ भने मृतकको संख्या ५३ पुगेको छ । आज ४७ जना संक्रमणमुक्त भएका छन् ।








