४ कार्तिक २०८३, मंगलबार

निषेधाज्ञाभर तेल, नुन, एसटीसी ग्यास २०% सस्तो,२० हजार लिटरसम्म पानी निःशुल्क

प्रकाशित मिति :  29 May, 2021 4:54 pm


काठमाडौं । सरकारले २० हजार लिटरसम्मको खानेपानीको शुल्क निःशुल्क गरेको छ । बजेट भाषणमार्फत अर्थ मन्त्री विष्णु पौडेलले साल्ट ट्रेडिङले बिक्री गर्ने सामानमा २० प्रतिशत छुट दिने घोषणा गरेका हुन् ।

अर्थमन्त्री पौडेलले निषेधाज्ञा अवधिभार खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट बिक्री हुने चामल, दालतेल, पीठो, दाल, तेल नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको बिक्री मूल्यमा २० प्रतिशत छुट दिने बताएका हुन् ।

खाद्यान्न तरकारी ढुवानीमा २५ प्रतिशत अनुदान दिइने छ भने ब्यवसाय निरन्तरता कोषलाई निरन्तरता दिइएको भएको छ । सरकारी गोदाम र घर भाडामा लिएकालाई दुई महिनाको भाडामा ५० प्रतिशत छुट उपलब्ध हुने । सहुलियत कर्जा ऋणको लागि १३ अर्ब छुट्याइएको छ ।



प्रतिक्रिया दिनुहोस !