४ जेष्ठ २०८१, शुक्रबार

२०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन विस्थापन गरिने

प्रकाशित मिति :  29 May, 2021 5:39 pm


काठमाडौं ।  सरकारले वि.सं. २०८८ साल सम्म पेट्रोलियम पदार्थबाट चल्ने हलुका सवारी साधनको विस्थापन गर्ने भएको छ ।

आर्थिक वर्ष ०७८/०८९ सालको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले २०८८ सम्म विद्युती सवारी साधनले पेट्रोलबाट चल्ने सवारी साधन विस्थापित गर्ने गरी रणनीतिक योजना तर्जुमा गरिने बताएका हुन् ।

त्यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याउँदा आवश्यक नीति, छुट तथा अन्य सुविधाको निक्र्यौल गर्न विज्ञसहितको कार्यदल गठन हुने पौडेलले जानकारी दिए ।

यस्तै, उनले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीयमा रुपान्तरण गर्नेहरुका लागि केही छुटको अफर समेत सार्वजनिक गरेका छन् । जसअनुसार ५ वर्षसम्मको नवीकरण शुल्क मिहना, सडक मर्मत तथा सम्भार दस्तुर समेत लिइनेछैन ।



प्रतिक्रिया दिनुहोस !