४ जेष्ठ २०८१, शुक्रबार

उद्योग पुनरुत्थानको लागि १४ अर्ब रुपैयाँ बजेट विनियोजन

प्रकाशित मिति :  29 May, 2021 5:48 pm


काठमाडौं । सरकारले उद्योग पुनरुत्थानको लागि १४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७८/ ८९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले मार्फत कोभिड–१९ प्रभावित उद्योग व्यवसायीहरुलाई व्यवसायिक पुनरुत्थान लागि को लागि १४ अर्ब रुपैयाँ बजेट छुट्याएको बताएका छन् ।

ब्याजमा सहुलियता, पुर्नकर्जाका साथै व्यवसायिक उत्थानका लागि उक्त रकम छुट्याइएको हो ।  त्यस्तै कोरोनाबाट अत्यन्त प्रभावित बनेका उद्योगहरुलाई ५ प्रतिशतमा दिइरहेको कर्जालाई सरकारले निरन्तरता दिने भएको छ ।

कारोनाको कारणले थला परेको पर्यटन, चलचित्र उद्योग, जिम, सञ्चार गृहले नविकरण गर्दा नविकरण शुल्क छुट पाउने भएका छन् । नयाँ दर्ताका लागि पनि विना शुल्क नै हुने व्यवस्था गरेको छ ।



प्रतिक्रिया दिनुहोस !