४ जेष्ठ २०८१, शुक्रबार

ऊर्जा तथा जलस्रोत मन्त्रालयका लागि १ खर्ब २१ अर्ब विनियोजन

प्रकाशित मिति :  29 May, 2021 7:07 pm


काठमाडौं । विद्युत उत्पादनलगायतका पूर्वाधार निर्माणका लागि ऊर्जा तथा जलस्रोत मन्त्रालयका लागि १ खर्ब २१ अर्ब विनियोजन गरिएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्युत उत्पादनलगायतका पूर्वाधार निर्माणका लागि उक्त रकम विनियोजन गरिएको बताए ।

सरकारले आगामी आर्थिक वर्षमा माथिल्लो तामाकोशी, मध्यभोटेकोशी, माथिल्लो सानजेन आयोजनाबाट १६२९ मेगावट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखेको छ ।

बजेटमा जलाशययुक्त र अर्धजलाशय जलविद्युत उत्पादनका लागि आयोजनाहरुलाई प्रोत्साहन गरिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !