रोल्पामा कोरोना संक्रमित घट्दै, पछिल्लो २४ घण्टामा ९ जना थपिए
प्रकाशित मिति : 1 June, 2021 4:59 pm
रोल्पा । रोल्पामा कोरोना संक्रमितको संख्या घ्ट्दै गएको देखिएको छ ।
पछिल्ला केही दिनदेखि कोरोना संक्रमितको संख्या कम देखिएको छ ।
पछिल्लो २४ घण्टामा ९ जना मात्रै कोरोना संक्रमित थपिएका छन् । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ९ जना थपिएका छन् भने १ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या भने अझै घटेको छैन ।
रोल्पामा अहिलेपनि ८१४ जना कोरोना संक्रमित रहेका छन् । संक्रमित मध्य ७११ जना होम आइसोलेसनमा रहेका छन् । रोल्पा अस्पतालमा ३९ जना छन् भने जिल्लाका विभिन्न आइसोलेसनमा ६४ जना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।








