२० मंसिर २०८२, शनिबार

विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्जवल थापाको निधन

प्रकाशित मिति :  1 June, 2021 5:17 pm


काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्जवल थापाको निधन भएको छ । उनको आज दिउँसो ४ बजेर २५ मिनेटमा निधन भएको हो ।

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पूर्व संयोजक थापाको निधन भएको जानकारी गराएका छन् ।

संयोजक  पाण्डेले भनेका छन्,“हाम्रा छोरा, श्रीमान्, दाइ, भान्जा, मित्र, काका, ठूलो बुबा, नाति, मामा, हजूरबुबा, ज्वाइँ, भिनाजु, विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्व संयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, हाम्रा प्रिय उज्वल बहादुर थापा, ४४, हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद (२०७८ साल जेठ १८ गते, अपराह्न ४ः२५ बजे) हामीबिच रहनु भएन ।”

थापालाई कोरोना संक्रमण भएको थियो । अन्तिम पटक गरिएको कोरोना भाइरस परीक्षणमा नतिजा नेगेटिभ देखिएको थियो । अहिलेको संक्रामक रोगका कारण अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारले इच्छा व्यक्त गरेको संयोजक पाण्डेले उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !