२० मंसिर २०८२, शनिबार

उपचारमा लिइरहेको सेवा शुल्क ७ दिनभित्र सार्वजनिक गर्न सबै अस्पताललाई निर्देशन

प्रकाशित मिति :  1 June, 2021 6:11 pm


काठमाडौं । कोरोना संक्रमणको नाममा विभिन्न अस्पतालले चर्को शुल्क असुलेको गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई सेवा शुल्क सार्वजनिक गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै सरकारी,निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य सबै संस्थालाई कोरोना संक्रमणको उपचारमा आफूले लिएको सेवा शुल्क सार्वजनिक गर्न निर्देशन लिएको हो ।

मन्त्रालयले भनेको छ,“सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूले ७ दिनभित्र आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र सो को लागत रकम शीर्षक समेत उल्लेख भएको मूल्य सूची सञ्चालक समिति/बोर्ड/ आधिकारिकत निकायबाट निर्णय गराई अनिवार्य रुपमा आ–आफ्नो वेवसाइट मार्फत सार्वजनिक गर्ने, सूचना पार्टीमा सबैले देख्ने गरी राख्ने र सो को जानकारी स्वास्थ्य संस्था सञ्चालन ईजाजतपत्र दिने तथा नवीकरण गर्ने निकाय समक्ष पठाउन अनुरोध छ ।”

कतिपय स्वास्थ्य संस्थाहरूले बिरामीको उपचार वापत चर्को शुल्क असुल उपर गरेको बिरामीको लागि अत्यावश्यक अक्सिजनको समेत अध्याधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाई बिरामीमाथि थप आर्थिक व्यवभार बढाएको गुनासो आएपछि ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !