४ जेष्ठ २०८१, शुक्रबार

२९ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि उत्साहजनक वृद्धि

प्रकाशित मिति :  3 June, 2021 3:31 pm


काठमाडौं ।  साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले फेरी नयाँ किर्तिमान कायम गरेको छ । बिहीबार नेप्से परिसूचक २९.५५ अंकले बढेर २८५६.६७ अंकमा पुगेर नयाँ किर्तिमान कायम गरेको हो ।

आज नेप्सेमा भएका १३ उपसमूहमध्ये ९ वटा उपसमुहको सेयरमूल्यमा हरियाली छाएको छ भने ४ वटा उपसमूहका सेयर मूल्य राताम्ये बनेका छन् ।

आज सबैभन्दा धेरै विकास बैंक समूह १४६ अंकले बढेको छ । भने निर्जिवन विमा समुह सबैभन्दा धेरै अंक ११३ अंकले घटेको छ ।

नेप्सेमा आज कारोबार रकमका आधारमा नेपाल पुर्नबिमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको १ अर्ब २७ लाख २७ हजार २ सय ८७ रुपैयाँको कारोबार भएको छ ।

आज कूल २१८ वटा कम्पनीको ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ९० करोड ७० लाख २० हजार २८१ रुपैयाँको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !