१७ बैशाख २०८१, सोमबार

प्रदेश ३ को राजधानी हेटौडा तय

प्रकाशित मिति :  12 January, 2020 3:47 pm


काठमाडाैं, २७ पुस ।

प्रदेश ३ काे राजधानी हेटाैडा तय भएकाे छ । तर्क, वितर्क र बहसकाबीच मकवानपुर जिल्लाकाे हेटौंडालाई प्रदेश नम्बर ३ को राजधानी घोषणा गरिएको हाे ।

प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले हेटौंडालाई प्रदेशको राजधानी घोषणा गर्नु भएकाे छ ।  आइतबार बसेको प्रदेशसभा बैठकले यसअघि अस्थायी राजधानीसमेत रहेकाे हेटाैडालाइ नै स्थायी राजधानी बनाउने निर्णय गरेकाे हाे ।

प्रदेश ३ को राजधानी मकवानपुरको हेटौडा तोकियोस् भन्ने प्रस्तावको पक्षमा एक सय पाँच र  विपक्षमा तीन मत परेकाे थियाे । यससँगै अब प्रदेश ३ काे राजधानी हेटाैडा र नाम बागमति प्रदेश तय भएकाे छ ।

राजधानी काभ्रेकाे धुलिखेलमा राख्नु पर्ने माग उठेकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !