५ असार २०७८, शनिबार

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

प्रकाशित मिति :  २७ जेष्ठ २०७८, बिहीबार १६:००


अर्घाखाँची । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

भुमिकास्थान नगरपालिकाको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको जिप भुमिकास्थान ९ तारिकेमा दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा भुमिकास्थान -९ का गाडी चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको स्थानीय माधव घिमिरेले जानकारी दिए। गाडीमा चालक मात्र रहेको र सडकबाट करिब ५० मिटर तल खसेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !