५ असार २०७८, शनिबार

अर्घाखाँचीमा २० जना कोरोना संक्रमित थपिए,१ जनाको मृत्यु

प्रकाशित मिति :  २७ जेष्ठ २०७८, बिहीबार १७:४४


अर्घाखाँची । अर्घाखाँचीमा २० जना कोरोना संक्रमित थएिका छन् भने १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा अर्घाखाँचीका ५ स्थानीय तहमा २० जना कोरोना संक्रमित थपिएका हुन् । संक्रमित मध्य सन्धिखर्क नगरपालिकाका ११, भूमिकास्थान नगरपालिकाका ३, शितगंगा नगरपालिकाका २, मालारानी गाउँपालिकाका १, र छत्रदेव गाउँपालिकाका १ जना रहेका छन् । पाणिनी गाउँपालिकामा भने संक्रमित भेटिएका छैनन् ।

यसँगै अर्घाखाँचीमा सक्रिय कोरोना संक्रमितको संख्या ३४७ रहेको छ । त्यस्तै सन्धिखर्क नगरपालिकाका १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसँगै अर्घाखाँचीमा अहिलेसम्म ६२ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !