देशभर थप ६१ जना कोरोना संक्रमितको मृत्यु,६,२९५ जना निको
प्रकाशित मिति : 12 June, 2021 5:29 pm
काठमाडौं । देशभर ३३८४ जना कोरोना संक्रमित थपिएका छन् भने ६,२९५ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङमा पछिल्लो २४ घण्टामा १४,४९४ जनाको परीक्षण गर्दा संक्रमित हुने भन्दा निको हुने संख्या झण्डै दोब्बर रहेको छ ।
नेपालमा संक्रमण दर ८६.९ प्रतिशत रहेको छ । यस्तै ६१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।








