१२ बैशाख २०८१, बुधबार

आगामी तीन दिन बाढीको जोखिम भएका क्षेत्रहरु यि हुन्

प्रकाशित मिति :  15 June, 2021 8:56 am


फाइल फोटो

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा बाढी पहिरोको जोखिम रहेको भन्दै चेतावनी जारी गरेको छ । महाशाखाले आगामी बिहीबारसम्म कहाँ कहाँ बाढीको जोखिम रहको भनेर बुलेटिन जारी गरेको हो ।

महाशाखाका अनुसार अगामी ३ दिन कालीगण्डकी, तिनाउ, पश्चिमराप्ती, बबई, भेरी र यसका सहायक नदीजलाधारमा बाढीको जोखिम रहेको छ ।

त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका चुरे, तराई भई बहने केही साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह पुग्ने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

महाशाखाले नदी तटिय क्षेत्रमा विशेष सावधानी अपनाउन सम्बन्धित क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । यस्तो छ आगामी तीन दिनसम्मबो बाढीको जोखिमको सम्भावना :



प्रतिक्रिया दिनुहोस !