१६ बैशाख २०८१, आइतबार

माघे संक्रान्ति : नाम एक, पर्व अनेक

प्रकाशित मिति :  15 January, 2020 8:16 am


काठमाडौं, १ माघ ।

आज माघे सङ्क्रान्ति । चार जात छत्तीस वर्णको फूलबारी नेपालमा आजको दिनलाई हिमाल, पहाड र तराईमा बिभिन्न जातजातिले आफ्नै तरिकाले मनाएका छन् ।

माघ महिनाको प्रथम दिन,मध्य हिउद को एउटा महत्वपूर्ण महिना हो । आजका दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सक्रान्ती, तिलुवा सक्रान्ति या मकर सक्रान्ति या माघीका रुपमा आ-आफ्नै विशेषता र सांस्कृतिक महत्वका
साथै मनाईने गरिन्छ ।

सनातन धर्मावलम्बीले माघे/मकर संक्रान्ति मनाइरहँदा थारु समुदाय नयाँ वर्षको रूपमा माघीको उत्सव मनाइरहेका छन्। यस्तै, काठमाडौं उपत्यकाको नेवार समुदाय ‘घ्यो चाकु सन्हु’मा रमाउँदैछ। तराईमा तिला संक्रान्ति मनाउने परम्परा छ।

माघे सक्रान्ति पर्व मगर समुदायको मुख्य पर्व हो। उनीहरुले यस पर्वलाई माघे सकराती भनी मनाउँछन्। मगर समुदायमा आजको दिनमा चेलिवेटी पुज्ने गरिन्छ। लिम्बु समुदायले माघे संक्रान्तिलाई कक्फेक्‍वा तङनामको रुमा मनाउँदै आएका छन्। उनीहरुले आजको दिनलाई येले सम्बत् सुरु भएको दिनको रुपमा नयाँ वर्षको रुपमा मनाउँछन्।

सनातन सस्कारमा तिलक विशेष महत्व छ, चाहे होमजाप गर्नलाई चरुको रुपमा होस् या पूजा गर्दा अनि दान गर्दा होस् या कुनै पितृकर्ग अनि शुभकार्य, तिल अपरिहार्य छ। आजको दिन तिलको पकवानका लागि प्रसिद्ध छ, तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाईएका लड्डू हरु आज के विशेष परिकार हो, त्यसैकारणले पनि माघे क्रान्ति लाई तिलवा र क्रान्ति पनि भनिन्छ । आजवाट सूर्यको दिशा उत्तरायण तर्फ लाग्देछ, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो असर गर्ने र आजबाट हिंउद घट्दै जाने र बसन्त का साथै ग्रिष्म बढ्दै जाने मान्यता छ ।

खिचडीसंग सम्बन्धित एउटा उखान तराई तिर ज्यादा प्रचलीत छ, “खिचड़ी के चार यार, दही पापड घी अचार” मैथिली भाषा को यो उखानका अनुसार खिचड़ी के चार साथीहरु हुन्छ, दही, पापड व्यू अनि अचार । विहान सबेरै नुहाईधुवाई गरेर, चोखो कपडा लगा क, ब्राह्मण लाइ दान दक्षिणा दिइनुको साथै कतिपय घरमा त अजको दिन रुदिया सत्यनारायण भगवानको पूजा लगाउने कार्य समेत गरिन्छ । तील र चाकु मिसाएको परिकार तथा तरुल आदी खानाले जाडोमा शरीरलाई न्यानो प्राप्ति हुने गर्दछ । यसअर्थमा कति धेरै वैज्ञानिक अनि अर्थपूर्ण संस्कार
नेपाली जनजीवनमा रहेको छ भन्ने पुष्टि हुन्छ । यस्ता पोषिला खानेकुरा खानाले न्यानोका साथसाथै अन्य चर्म रोग रजनी का समस्या आदिबाट समेत राहत मिल्दछ ।

महाभारतमा भीष्म पितामह लाई इच्छा मृत्यु का वरदान थियो, रणभुमीमा अर्जुनका धनुष वाण हरुले शरिरमा सर्वत्र छेडेका भिष्म पितामहले आजके दिन मृत्युको इच्छा जाहेर गरेर विदा भएको कुरा महाभारतमा उल्लेख छ ।

आजको दिन विभिन्न घाटहरु, नदिहरु अनि पवित्र स्थल स्नान गर्ने तिथि हरुको भीड़ रहन्छ । नवलपरासीको देवघर, सुनसरिको चतरा, कालीगण्डकी किन्नर, पर्वत को सेतीवेनी, काठमाण्डौ शङ्खमूलको बागमती किनारा आदि ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरुको घुइचो रहन्छ ।

माघी नुहाईसकेपछी तिलको सुकेको बुट्यान बालवीर आगो ताप्ने चलन पनि छ । यसरी माघी नुहाएमा पापमोचन हुने जनविश्वास छ। यस दिन स्नान गरी घिउ, चाकु, तिल के लड्डू, सागपात, तरुल, वस्त्र, पानी को भाँडो र मकल सहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने भविष्यपुराणम् उल्लेख गरिएको छ।



प्रतिक्रिया दिनुहोस !