१३ बैशाख २०८१, बिहिबार

देशभर आज बाढीको जोखिम र वर्षाको सम्भावना रहेका क्षेत्र यी हुन्

प्रकाशित मिति :  17 June, 2021 7:37 am


काठमाडौं । देशभर जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १,गण्डकी प्रदेश लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको जनाएको छ । आज देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाको भनाई छ । देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश,लुम्बिनी प्रदेश र प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारती वर्षाको सम्भावना रहेको महाशाखाको भनाई र राती देशभर समान्यदेखि पूर्ण बदली रहने छ । देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । सुदूरपश्चिम प्रदेश,बागमती प्रदेश र प्रदेश १ को एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

बाढीको जोखिम भएका क्षेत्र

नारायणी,कर्णाली,महाकाली र यसका सहायक नदीमा आज बहाव केही बढ्ने केही स–साना सहायक नदीमा आकस्मिक बहाब हुन सक्ने अनुमान छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाले कोशी र यसका सहायक नदीमा भने बहाब सामान्य रहने तथा सतर्कता तलै हुने अनुमान गरेको छ ।
कन्काई,कमला,बागमती र यसका सहायक नदीमा बहाब सामान्य बढ्ने तथा सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान छ ।

पश्चिम राप्ती,तिनाउ,बबईका स–साना नदी जलाधारमा बहाब बढ्ने र केहीमा सतर्कता तह आसपाससम्म पुग्ने महाशाखाको पूर्वानुमान छ ।

काली गण्डकी,भेरी र यसका सहायक नदीजलाधार लगायत प्रदेश २,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी,तराई र चुरेको भूभाग भइ बहने साना नदीमा बहाब बढ्दो हुने र केहीमा आकस्मिक बहाब बढन सक्ने महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !