१४ बैशाख २०८१, शुक्रबार

सेल्फी खिच्दा हात्तीको आक्रमणमा परी १ जनाको मृत्यु

प्रकाशित मिति :  18 June, 2021 2:05 pm


मोरङ । मोरङमा सेल्फी खिच्दा हात्तीको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ ।

सुनवर्षी नगरपालिका ८ कुरेलीमा स्थानीय २१ बर्षीय मनोहर मियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो ।

आज बिहान नेपाल प्रवेश गरेको जंगली हात्तीले मियालाई आक्रमण गरेको थियो । उनी हात्तीको नजिकै गएर सेल्फि खिच्ने क्रममा हात्तीको आक्रमणमा परी घाईते भएका थिए ।

घाईते मियाको बिहान सँवा ८ बजे न्युरो अस्पताल विराटनगरमा पुर्‍याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !