७ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेश सरकार अवसरवादी गठबन्धन : निवर्तमान मुख्यमन्त्री गुरुङ

प्रकाशित मिति :  18 June, 2021 2:33 pm


काठमाडौं । गण्डकी प्रदेश प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नयाँ सरकारलाई अवसरवादी गठबन्धन भएको टिप्पणी गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले चार दल मिलेर बनेको सरकारलाई अवसरवादी गठवन्धनको संख्या दिएका हुन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई विश्वासको मत दिन प्रदेश सभामा गरेको प्रस्तावमा भाग लिँदै नेता गुरुङले अवसरवादी गठवन्धनबाट सरकार बनेपनि विरोधको नाममा विरोध भने नगर्ने बताए ।

उनले अहिलेपनि ठूलो चुनौती संघीयता कार्यान्वयन नै भएको भन्दै यसलाई प्राथमिकता दिन आग्रह गरे । उनले भने,“विगतमा निरपेक्ष रुपमा सरकारको विरोध गर्नै पर्ने खण्डन गर्ने पर्ने जुन संस्कार त्यो कुराबाट नेकपा एमाले संसदीय दलको नेता मुक्त हुन चाहन्छ ।”

निवर्तमान मुख्यमन्त्री समेत रहेको गुरुङले अहिलेपनि संघीयता कार्यान्वयनमा मुख्य चुनौती देखिएको भन्दै यसमा ध्यान दिन आग्रह गरे । काठमाडौंका नेतृत्वको मानसिकता संघीयता अनुकुल नभएको टिप्पणी गर्दै यसका लागि पोखरेल नेतृत्वको सरकारले पलह गर्न सुझाव दिए ।

उनले भने,“यहाँ केपी ओलीको मात्रै कुरा होइन सबै नेतृत्वको संघीयताबारे मानसिकता के छ थाहा छ । सबै प्रदेशका मुख्यमन्त्री अफ्ठेरोमा छन्, त्यसमा हाम्रो प्रदेशका मुख्यमन्त्री पनि हुनुहुन्छ र हिजो म पनि थिए । त्यसैले संघीयता कार्यान्वयन कहाँनिर समस्या छ ध्यान दिनुहोला ।”

प्रदेशको अधिकारका लागि,प्रतिस्प्रधाका लागि, संघीयता बलियो भयो भने मात्रै लोकतन्त्र बलियो हुन्छ भन्ने मान्यता स्थपितका लागि प्रदेश सरकारले गर्ने पहलमा आफ्नो पार्टीको साथ हुने नेता गुरुङको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस !