१३ बैशाख २०८१, बिहिबार

जनता सामाजवादी पार्टीको आधिकारिकता दाबी गर्न उपेन्द्र यादव पक्ष निर्वाचन आयोगमा

प्रकाशित मिति :  18 June, 2021 2:55 pm


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता दावी गर्न उपेन्द्र यादव पक्ष निर्वाचन आयोग गएको छ ।

अध्यक्ष यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत निर्वाचन आयोग गएका हुन् ।

हिजो बसेको बसेको कार्यकारिणी समितिको बैठकको निर्णय अनुसार आधिकारिकताका लागि यादव पक्ष निर्वाचन आयोगमा गएको हो ।

महन्थ ठाकुर पक्ष सरकारमा गएपछि जसपा विभाजित भएको छ । औपचारिक रुपमा विभाजन नभएपनि कानूनी र राजनीतिक रुपमा दुबैले एक अर्कालाई हटाउने र आाधिकारिकता दाबी गर्ने कार्य जारी राखेको छ ।

दुवै पक्षले एक अर्कालाई कारवाही गरेर पार्टीबाट निकालेपनि निर्वाचन आयोगले मान्यता दिएन । कारबाहीलाई मान्यता नदिएपछि उपेन्द्र यादव पक्षले पार्टीकै आधिकारिकताका लागि निर्वाचन आयोग गएको हो ।



प्रतिक्रिया दिनुहोस !