१३ बैशाख २०८१, बिहिबार

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त

प्रकाशित मिति :  18 June, 2021 4:31 pm


काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेश सभामा मुख्यमन्त्री पोखरेलले प्रस्ताव गरेको विश्वासको मतमा ३१ मत परेको छ भने विपक्षमा २७ मत परेको छ । यससँगै गण्डकी प्रदेश सरकारको नेतृत्व २ वर्षका लागि पक्का भएको छ ।

संविधान अनुसार नियुक्त भएको २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन पाइदैन ।

नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकारको बाटो खुलेको थियो ।

पोखरेलले माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको एउटा पक्षलाई साथमा लिएर बहुमत सदस्य अर्थात ३१ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

बहुमत पुगेपछि पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । संविधान अनुसार नियुक्त भएको एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । पोखरेलले भने एकहप्ताभित्रै विश्वासको मत लिएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस !