११ बैशाख २०८१, मंगलबार

अर्घाखाँचीमा बजार अनुगमन तिब्र

प्रकाशित मिति :  18 June, 2021 6:11 pm


अर्घाखाँची । अर्घाखाँचीमा कोरोना महामारीका बेला बजारमा हुने कालो बजारी तथा मूल्यवृद्धि नियन्त्रणको लागि घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले बजार अनुगमनलाई तिब्रता दिएको छ ।

स्थानीय सरकार, जिल्ला प्रशासन,जिल्ला प्रहरी कार्यालय, लगायतको समन्वयमा अनुगमनलाई तिब्रता दिइएको हो । अनुगमनको क्रममा आज छत्रदेव गाँउपालिकाको वडा न २, ३ का बजारमा अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा मुल्यसूची नराखी सामानहरू बिक्रीवितरण गरेको, विभिन्न सामानहरू प्रयोग मिति समाप्त भै सकेको, उत्पादन मिति नै उल्लेख नभएको, मुल्यमा एकरुपता नरहेको पाइएको घरेलु तथा साना उद्योगका अधिकृत केशव सुनारले जानकारी दिए ।

महामारीको समय तथा निषेधाज्ञाको समयमा सर्बसाधारण उपभोक्ताहरू नठगिउन् भन्ने उद्देश्यका साथ अनुगमन लाई तीव्रता दिएको सुनारले बताए । अनुगमनमा सुजी, चाउचाउ , भुजा ,चाउमिन , कुरमुरे चिजबल विस्कुट लागायतका विभिन्न सामानहरूको प्रयोग मिति नै समाप्त भै सकेको भेटिएकोले जफत गरिएको र नष्ट गर्ने घरेलुुका सूचना अधिकृत लक्ष्मीप्रसाद दाहालले बताए ।

पहिलो चरणको अनुगमनको क्रममा भेटिएका कमजोरीहरूलाई फेरि पुन नदोहोर्‍याउने गरि छाडिएको र प्रयोग गर्न नमिल्ने त्यस्ता सामानहरू जफत गरिएको सूचना अधिकृत दाहालले बताए ।

अनुगमनमा घरेलु तथा साना उधोगका प्रमुख अधिकृत केशब सुनार, घरेलु तथा साना उधोगका सूचना अधिकृत लक्ष्मिप्रसाद दाहाल, जिल्ला प्रशासन कर्यालयका प्रतिनिधि नारायणप्रसाद दमासे, प्रहरी नायब निरिक्षक भेषराज सुबेदी लगायतको सहभागिता रहेको थियो । पछिल्लो केहिदिन अनुगमनलाई तिब्रता दिइएको छ ।

अनुगमनमा करिब ३५ हजार बराबरको समान जफत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !