१७ श्रावण २०७८, आईतवार

बाढी प्रभावित क्षेत्रमा राहतसहित खटियो वाइसिएलको केन्द्रीय टोली

प्रकाशित मिति :  ५ असार २०७८, शनिबार ०८:०७


काठमाण्डौं । माओवादी केन्द्र निकट भातृ संगठन वाइसिएल नेपाल राहतसहितको टोली मेलम्ची र हेलम्बु क्षेत्रमा पुगेको छ ।

अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ केन्द्रीय टोली लिएर राहत सहित बाढि प्रभावित क्षेत्र पुगेका हुन् । वाइसिएल नेपालले बाढी पहिरो लगायत प्राकृतिक विपत्तिमा जनताको साथमा खटिन निर्देशन दिएको छ ।

निर्देशनसँगै वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ केन्द्रीय टोली लिएर आफै आज मेलम्ची , हेलम्बू चनौटे पुगेका हुन्

वाइसिएल नेपाल केन्द्रीय समितिले बाढी प्रभावित क्षेत्र हेलम्बू चनौटे लगायत स्थान पुगी खान पकाउने प्रेसरकुकर ,कडाइ, थाल ,कचौरा, जग ,डाडु ,पनियो, थाल सेट लगायत प्रत्यक घरलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराईएको अध्यक्ष दीपशिखाले जानकारी दिए ।

कोरोना संक्रमण र प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै वाइसियल नेपाल केन्द्रीय समितिले विपद राहत कोष’ खडा गरेको थियो । उक्त कोष मार्फत बाढी प्रभावित क्षेत्रमा राहत सामग्री सहयोग गर्ने काम सुरू भईसकेको वाइसिएलले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !