२० मंसिर २०८२, शनिबार

नगरप्रमुख अधिकारीद्वारा रङ्गशाला निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग

प्रकाशित मिति :  20 June, 2021 6:18 pm


अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानलाई ५ लाख रुपैयाँ दिएका छन् ।

आफ्नो जन्मदिनको अवसर पारेर नगरप्रमुख अधिकारीले चितवनमा जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि ५ लाख रुपैयाँ प्रदान गरेका हुन् ।

सहयोग रकम धुर्मुस सुन्तली फाउण्डेशनलाई उपलब्ध गराएका छन् ।

अधिकारीले आजै विपी कोइराला क्यान्सर हस्पिटल भरतपुरमा पुगेर अर्घाखाँची शितगंगा नगरपालिका ३ का क्यान्सर बिरामी हरिप्रसाद अधिकारीलाई आफनो पारिश्रमिकबाट १०,००० रुपैयाँ र शितगंगा ६ का क्यान्सर बिरामी नुमकला पौडेललाई १०,००० रुपैयाँ हस्तान्तरण गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !