काठमाडौं उपत्यकामा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू,पसल बार अनुसार खुल्ने
प्रकाशित मिति : 20 June, 2021 6:37 pm
काठमाडौं । काठमाडौं उपत्यकामा निजी सवारी साधानमा जोरजोबिजोर प्रणाली लागू भएको छ ।
उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले सवारी साधनमा आगामी ८ गतेदेखि जोरबिजोर लागू प्रणाली गर्ने निर्णय गरेका हुन् । सार्वजनिक सवारी साधन चल्ने छैनन् ।
खाद्यान्न,दूध तथा दुग्धजन्य पदार्थ, फलफूल,तरकारी,माछा मासु,पुजा सामाग्री बिक्री तिरण गर्ने पसलहरु,खेलकुद, सामग्री पसल,डिपार्टमेन्टल स्टोर(ग्रोसरी मात्र),स्टेशनरी फुस्तक पसलहरु बिहान ११ बजसम्म सञ्चालन गर्न पाइने छ ।
त्यस्तै ग्रोसरी बाहेक डिपार्टमेन्टल स्टोर,सपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी,कस्मेटिक,साडी,गिफ्ट आइटम,टेलरिङ सोमबार,बुधबार र शुक्तबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खुल्ला गर्ने निर्णय भएको छ ।








