प्रदेश १,प्रदेश २ र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
प्रदेश १,प्रदेश २ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्सहित भारी भर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । त्यस्तै प्रदेश १ का एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।
राती देशभर सामान्यदेखि पूर्ण बदली रहने भनिएको छ । त्यस्तै देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २ का एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेको भन्दै महाशाखाले देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको उल्लेख छ ।
देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका केही स्थानहरूमा हल्का तथा मध्यम वर्षा भइरहेको जनाएको छ ।








