कर पछर्यौट आयोगका तत्कालिन अध्यक्ष महतसहित तीनजना विरुद्व भ्रष्टाचारको मुद्दा दायर
प्रकाशित मिति : 23 June, 2021 3:00 pm
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर पछर्यौट आयोगका तत्कालिन अध्यक्ष लुम्बध्वज महत,सदस्य उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकाल विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आयोगले कर पर्छौट आयोग–२०७१ का अध्यक्ष महत,ढकाल र शर्माले बदनियतपूर्वक १ अर्ब ३३ लाख २० हजार ३ सय ८५ रुपैयाँ कर छुट दिएर नोक्सान पुराएको भन्दै विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरेको हो ।
आयोगले तत्कालीन कर पछर्यौट आयोगका पदाधिकारी रहेका प्रतिवादीहरूले कर पछर्यौट अयोग ऐन,२०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी आफ्नो व्यक्तिगत लाभ हुने तथा राज्यलाई हानीनोक्सानी पुर्याइ बदनियतपूर्ण कार्य गरेको स प्रमाण पुष्टि हुन आएको दाबी गरेको छ ।









