४ जेष्ठ २०८१, शुक्रबार

धितोपत्र बोर्डले प्रि–ओपन सेसनको मूल्य घटबढ सीमा २ प्रतिशतमा झार्‍यो

प्रकाशित मिति :  24 June, 2021 2:51 pm


काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा प्रारम्भिक कारोबार सत्र (स्पेसल प्रि ओपन सेसन)मा कायम रहेको मूल्य घटबढको सीमालाई परिमार्जन गरेको छ ।बोर्डले प्रि ओपन सेसनमा मूल्य घटबढ सीमा हाल कायम रहेको ५ प्रतिशतलाई घटाएर २ प्रतिशतमा कायम गरेको हो ।

बोर्डले बिहीबार एक विज्ञप्ती जारी गर्दै प्रि ओपस सेसनमा कायम रहेको मूल्य घटबढको सीमालाई घटाएर २ प्रतिशतमा सिमित राखेको छ ।
यस अघि ५ प्रतिशत हुँदा प्रि–ओपसन सेसनमा मूल्य घटबढको धेरै चलखेल भएको गुनासो उठ्दै आएकोमा त्यसलाई २ प्रतिशतमा घटाएर बोर्डले लगानीकर्ताहरुको गुनासो सम्बोधन गरेको हो।

प्रि–ओपसन सेसनमा कारोबार भएको धितोपत्रको मूल्यमा भइरहेको अस्वभाविक उतारचढावलाई व्यवस्थित गर्नुपर्ने देखिएकोले उक्त सत्रमा हुने गरेको धितोपत्र कारोबार मूल्य परिवर्तन सीमालाई घटाइएको सेबोनले जनाएको छ ।

यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन पनि सेबोनले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको छ।

 



प्रतिक्रिया दिनुहोस !