२० मंसिर २०८२, शनिबार

मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर, अर्थ, गृह,उर्जा र उद्योगको जिम्मा पौडेललाई

प्रकाशित मिति :  24 June, 2021 5:15 pm


काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि बाँकी रहेका मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रालयको जिम्मेवारी तोकेकी हुन् ।

नयाँ जिम्मेवारी अनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिंचाई,गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी पाएका छन् ।

लिलानाथ श्रेष्ठले कानून, न्याय तथा संसदीय मामिला; भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सङ्घीय मामिला तथा सामान्य प्रशासनको जिम्मेवारी पाएका छन् ।

रक्षा र परराष्ट्र मन्त्रालय भने प्रधानमन्त्री ओली आफैले राखेका छन् । सर्वोच्च अदालतको आदेशपछि २० जना मन्त्री पदमुक्त भएका थिए । पदमुक्तपछि वर्तमान मन्त्री परिषद् ५ सदस्यीय मात्रै रहेको छ ।



प्रतिक्रिया दिनुहोस !