काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय (आदेशसहित)
प्रकाशित मिति : 28 June, 2021 12:40 pm
काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालन हुने भएका छन् ।
निषेधाज्ञालाई कायम राख्दै काठमाडौं उपत्यका भित्र सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिइने भएको हो । २५ सिट क्षमताभन्दा माथिका यात्रुवाहक साधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिने प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा छ ।
यस्ता सवारी साधन बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म चल्न पाउने छन् । निषेधाज्ञा भने असार २१ गतेसम्म कायम रहने छ ।
निजी सवारी साधनमा पनि जोरबिजोर कायमै राखिएको छ । बैंक,वित्तीय संस्था,धितोपत्र,बिमा,रेमिट,सहकारी,गैर सरकारी संस्थाहरु स्वास्थ्य मापदण्ड पालना तथा न्यूनतम,जनशक्ति परिचालन गरेर भिडभाड कम हुने गरी वैकल्पिक उपाय अवलम्बन गरेर सञ्चालन गर्न आदेशमा भनिएको छ ।









