४ जेष्ठ २०८१, शुक्रबार

सोमबार नेप्से ५ अंकले बढ्दा अपर तामाकोशी सर्वाधिक कारोबार गर्न सफल

प्रकाशित मिति :  28 June, 2021 5:47 pm


काठमाडौं । यस साताको दोश्रो कारोबार दिन आज (सोमबार) पनि सेयर बजार हरियाली छाएको छ । साताको पहिलो दिन पनि २७ अंकले बढेपछि बजार पुनः लयमा फकिर्न थालेको लगानीकर्ताहरुले बताएका छन ।

आज नेपाल स्टक एक्सचेञ्जक नेप्से परिसूचक ५.११ अंकले बढेर २८७५.४९ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ४.१७ अंकले बढेर ५३३.५७ मा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ वटा उपसमूहको परिसूचक घटेको छ ।

कारोबार रकमका आधारमा आज अपर तामाकोशीले अग्रता हासिल कायम गरेको छ । कम्पनीको ६६ करोड ९४ लाख ४८ हजार रूपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, सिटिजन्स म्युचुअल फण्ड १, सामुदायिक लघुवित्त, मिथिला लघुवित्त, आशा लघुवित्त, आरम्भ चौतारी लघुवित्त, समिट लघुवित्त र ओरियन्टल होटल रहेका छन् ।

सबैभन्दा धेरै कुमाउने कम्पनीमा क्रमश बेष्ट फाइनान्स, रिलायन्स फाइनान्स, राधी विद्युत कम्पनी, आइसीएफसी फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, कालिका पावर, गुहेश्वरी मर्चेन्ट, रिडी हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक र मल्टीपर्पस फाइनान्स रहेका छन् ।

कूल २१९ वटा कम्पनीको एक करोड ९२ लाख ८२ हजार ८ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार ७ सय १६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !