४ जेष्ठ २०८१, शुक्रबार

नेप्से फेरी ४७ अंकले ओरालो लाग्यो, कारोबार रकममा समेत भारी गिरावट

प्रकाशित मिति :  29 June, 2021 4:44 pm


काठमाडौं । साताको तेस्रो दिन सेयर बजार भारी अंकले ओरालो लागेको छ । आइतबार र सोमबार बजार आज ४७.४९ अंकले घट्दा कारोबार रकममा पनि गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४७.४९ अंकले घटेर २८२८ विन्दुमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक पनि ९.८७ अंकले घटेर ५२३.७० विन्दुमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज लघुवित्तबाहेक बाँकी सबै वटा उपसमूहको सेयर घटेको छ ।

त्यसैगरी, मंगलबार राधी जलविद्युत कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४९ करोड ८३ लाख २५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

मंगलबार सर्वाधिक नाफा कमाउने कम्पनीहरूमा ओरियन्टल होटल, गुराँस लघुवित्त, सामुदायिक लघुवित्त, तारागाउँ रिजेन्सी, सिभिल लघुवित्त, निर्धन उत्थान लघुवित्त, सपोर्ट लघुवित्त, ग्लोबल आइएमइ बैंक डिबेञ्चर, एनएमबि लघुवित्त र एसबिएल डिबेञ्चर रहेका छन् ।

त्यस्तै आज सर्वाधिक नाफा गुमाउने कम्पनीहरूमा प्रोग्रेशिभ फाइनान्स, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, बेष्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सेन्ट्रल फाइनान्स, लुम्बिनी विकास बैंक, युनियन हाइड्रोपावर, गुडविल फाइनान्स, कर्णाली डेभलपमेन्ट र मल्टीपर्पस फाइनान्स रहेका छन् ।

कूल २२३ वटा कम्पनीको एक करोड ४० लाख ४४ हजार ३ सय ८१ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८ सय ६९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !