१८ बैशाख २०८१, मंगलबार

नेप्से १९ अंकले बढ्दा बजार पुरानो लयमा फर्किने लगानीकर्ताको आशा

प्रकाशित मिति :  1 July, 2021 5:16 pm


काठमाडौं । केही दिनको गिरावट पछि बजारमा फेरी हरियाली छाएको छ । सेयर बजारमा हरियाली देखिँदा लगानीकर्ताहरू पनि उत्साहित छन् । बजार दोहोरो अंकले बढेपछि बजार पुनः पुरानो लयमै फर्किने आशा लगानीकर्ताले गरेका छन् ।

साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेप्से परिसूचक १९ अंकले बढेर २९४३ अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि ६.३३ अंकले बढेर ५२०.७१ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज निर्जीवन बीमा कम्पनीबाहेक बाँकी सबै उपसमूहको परिसूचक बढेको छ ।
आज नेप्सेमा होटेल तथा पर्यटन समूह सर्वाधिक ४.४८ प्रतिशतले उकालो लागेको छ ।

विकास बैंक समूह ३.६४ प्रतिशतले बढेको आज बैंकिङ समूह ०.१६ प्रतिशत, वित्त समूह ३.०४ प्रतिशत, जलविद्युत समूह ०.७५ प्रतिशत, लगानी समूह ०.६० प्रतिशत, जीवन बीमा समूह ०.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.०४ प्रतिशत, लघुवित्त समूह ०.०४ प्रतिशत, म्युचुअल फन्ड समूह ०.९६ प्रतिशत, अन्य समूह १.७४ प्रतिशत र व्यापार समूह ०.५३ प्रतिशतले बढेको छ । त्यस्तै आज निर्जीवन बीमा समूह भने ०.०६ प्रतिशतले ओरालो लागेको छ ।

यस दिन नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । ओरियन्टल होटलका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् ।

बिहीबार सर्वाधिक नाफा कमाउने कम्पनीहरूमा क्रमश ओरियन्टल होटल, गुडविल फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, बेष्ट फाइनान्स, सोल्टी होटल, जोशी हाइड्रोपावर, कर्पाेरेट डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक लिमिटेड र तारागाउँ रिजेन्सी रहेका छन् ।

त्यस्तै सर्वाधिक नाफा गुमाउने कम्पनीहरूमा क्रमश निर्धन उत्थान लघुवित्त संस्थापक सेयर, कुमारी इक्विटी फण्ड, रिडी हाइड्रोपावर कम्पनी लिमिटेड, प्रभु सेलेक्ट फण्ड, नेशनल हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स, सुर्याेदय लघुवित्त, राधी विद्युत, लक्ष्मी लघुवित्त र सबैको लघुवित्त रहेका छन् ।

कूल २२४ वटा कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९ सय ९३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४ सय ८४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !