बर्दियामा जबरजस्ती करणी मुद्दाका फरार व्यक्ति पक्राउ
प्रकाशित मिति : 2 July, 2021 1:30 pm
बर्दिया । बर्दियामा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
उच्च अदालत तुल्सिपुर नेपालगञ्ज ईजलासले गत फागुन ४ गते जबरजस्ती करणी मुद्दामा ४ बर्ष ७ महिना ७ दिन कैद सजाय सुनाएपनि फरार रहेका व्यक्ति पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ३ बस्ने आकाश थारु रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका प्रहरी निरीक्षक धर्मराज जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले थारुलाई अस्ति पक्राउ गरेको थियो ।
उनलाई बर्दिया जिल्ला अदालत गुलरियामा बुझाईएको छ ।








