८ पुस २०८२, मंगलबार

नेप्से ५.२४ अङ्कले घट्दा ४ अर्ब रुपैयाँको कारोबार

प्रकाशित मिति :  6 July, 2021 4:05 pm


काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) आज पनि सामान्य अङ्कले ओरालो लागेको छ ।

नेप्से परिसूचक ५.२४ अङ्कले घटेर २ हजार ८१८. १० विन्दुमा बन्द भएको छ । सेन्सेटिभ इन्डेक्स पनि १.९७ अङ्कले घटेर ५२६. ७५ विन्दुमा बन्द भएको छ ।

कारोबारमा आएका २२० ओटा कम्पनीको १ करोड १ लाख ३५ हजार कित्ता सेयर ४ अर्ब २२ करोड ४० लाख १८ हजार रुपैयाँमा खरिद बिक्री भएको छ ।

आज १३ ओटा समूहमध्ये ५ ओटा समूहको परिसूचक घटेको छ भने बाँकी रहेका ८ ओटा समूहको परिसूचक घटेको छ । जसमध्ये निर्जीवन कम्पनीले सर्वाधिक कमाएका छन् भने इन्भेष्ट क्षेत्रले सर्वाधिक गुमाएका छन् ।

आज राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य बढेको छ । यस कम्पनीको सेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ । यसको शेयर मूल्य १२ हजार ५२ रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज हाइड्रो इलेक्ट्रोसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र अप्पर तामाकोशीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिस्ट्रिलरी कम्पनीको भएको छ । यस कम्पनीको रु करिब ३६ करोडको कारोबार भएको हो ।



प्रतिक्रिया दिनुहोस !