१७ बैशाख २०८२, बुधबार

सुनको मूल्यमा सामान्य वृद्धि

प्रकाशित मिति :  8 July, 2021 12:03 pm


काठमाडौं । स्थानीय बजारमा बिहीबार आज सुनको मूल्य फेरी बढेको छ ।

सुनचाँदी व्यवसाय महासंघका अनुसार हिजो प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, बिहीवार चाँदीको मूल्य भने घटेको छ । बुधवार प्रतितोला १ हजार ३२० रुपैयाँ कायम भएको चाँदी बिहीवार १० रुपैयाँले घटेर १ हजार ३१० रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस !