२४ बैशाख २०८१, सोमबार

सेयरधनीको डिम्याटखातामा बोनस सेयर जम्मा गर्दै मिर्मिरे लघुवित्त

प्रकाशित मिति :  8 July, 2021 1:31 pm


काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ ।

संस्थाको चैत्र १८ गते, सम्पन्न भएको दशौँ वार्षिक साधारण सभाले पारित गरेको ९.१९९ प्रतिशत बोनस सेयर बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा हिजो (असार २३ गते, बुधबार) देखि जम्मा गरिएको संस्थाले जनाएको छ ।

त्यस्तै कम्पनीले सेयर अभौतिकीकरण नगराएका सेयर धनिको सेयर जम्मा गर्न समस्या हुने हुनाले सबै सेयरधनीले अभौतिकीकरण गराउन आग्रह गरेको छ ।

कम्पनीकोे सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस !