२ भाद्र २०७९, बिहिबार

दोहोरो अंकले बढ्यो नेप्से, झन्डै रु. ५ अर्बको कारोबार

प्रकाशित मिति :  8 July, 2021 3:45 pm


काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयरबजारमा हरियाली छाएको छ । यस महिनाको सुरुवातदेखि नै घट्दै घएको सेयरबजार आज २३.७६ अंकले बढेर २८२४.८९ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ४.४१ प्रतिशतले बढेर ५२९.६६ अंकमा पुगेको छ ।

१९ अर्ब सम्मको कारोबार भएर सार्वधिक उचाइमा पुगेको सेयर बजार नियामक निकाय धितोपत्र बोर्डले जोखिमपूर्ण ५१ वटा कम्पनीको सूचि सार्वजनिक गरेसँगै धेरै लगानीकर्ता सेयर होल्ड गर्ने मुडमा नभएको हुँदा बजार तरंगित बनेको लगानीकर्ताहरु बताउँछन् ।

केही साता देखि लगानीकर्ता पर्ख र हेरको अवस्थामा थिए । बजारमा कारोबार रकम पनि निकै घट्यो तर आज भने कारोबार रकममा झिनो सुधार भएपछि लगानीकर्तामा केही उत्साह फर्किएको छ ।

आज कूल १३ ओटा उपसमूहमध्ये २ ओटा समूहकोे मात्र परिसूचक घटेको छ भने बाँकी रहेका सबै उपसमूहको परिसूचक बढेको छ ।

आजको दिन नेप्सेमा वित्त समूह सर्वाधिक ३.०९ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह २.१२ प्रतिशतले बढेको आज बैंकिङ समूह ०.९३ प्रतिशत, होटेल तथा पर्यटन समूह ०.४१ प्रतिशत, जलविद्युत समूह १.९४ प्रतिशत, लगानी समूह १.१५ प्रतिशत, जीवन बीमा समूह ०.२५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३६ प्रतिशत, लघुवित्त समूह १.३३ प्रतिशत, म्युचुअल फन्ड समूह ०.१९ प्रतिशत र निर्जीवन बीमा समूह ०.०३ प्रतिशतले बढेको छ । त्यस्तै आज अन्य र व्यापार समूह दुवै ०.५५ प्रतिशतले ओरालो लागेका छन्।

नेप्सेका अनुसार आज एउटा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । सेयर मूल्य बढ्नेमा गुहेस्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेड रहेको छ । यस कम्पनीको झण्डै १० प्रतिशतले सेयर मूल्य बढेको हो ।

त्यस्तै, आज कर्पोरेट डेपलप्मेण्ड बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य करिब ४ प्रतिशतले घटेको हो ।

आज कारोबारको आधारमा नेपाल बैंक लिमिटेडले अग्रस्थान ओगटेको छ । कम्पनीको २१ करोड ५२ लाख ९१ हजार रुपैयाँको सेयर खरिद विक्री भएको हो ।

नेप्सेमा आज २२३ ओटा कम्पनीको १ करोड ३१ लाख ४३ हजार कित्ता सेयर ४ अर्ब ८१ करोड ५५ लाख २० हजार रुपैयाँमा खरिद विक्री भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !