१०,५०४ जनामा परीक्षण गर्दा १,८७५ मा संक्रमण पुष्टि,२९ जनाको मृत्यु
प्रकाशित मिति : 8 July, 2021 5:16 pm

काठमाडौं । देशभर १०,५०४ जनामा गरिएको परीक्षणमा १,८७५ मा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ५,३७४ पिसिआर र ५,१३० जनाको ऐन्टिजेन परीक्षण गर्दा १,८७५ जना संक्रमित देखिएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा १,२८६ जना निको भएका छन् भने २९ जनाको मृत्यु भएको छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार निको हुने दर ९४.५ प्रतिशत पुगेको छ । हालसम्म ९३२० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।