१२ श्रावण २०८१, शनिबार

‘फिफा ट्वेन्टी ट्वेन्टी टु’ले मानवअधिकारको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने कतारको विश्वास

प्रकाशित मिति :  8 July, 2021 5:39 pm


काठमाडौ । सन् २०२२मा फुटबल विश्वकप फिफा ट्वेन्टी ट्वेन्टी टुले मानव अधिकार र खेलुकदको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने आयोजक देश कतारले विश्वास व्यक्त गरेको छ ।

पारस्परिक समझदारी, शान्ति, स्थायित्व तथा समृद्धिको क्षेत्र प्रवद्र्धन गरिरहन र मानवअधिकार तथा खेलकुदको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने एक वास्तविक लगानीको रूपमा फिफा ट्वेन्टी ट्वेन्टी टुको आयोजना गर्ने अवसर कतारलाई प्राप्त भएको कतारका अधिकारीहरूले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघको जेनेभास्थित स्थायी प्रतिनिधिमण्डलका प्रथम सचिव अब्दुल्ला हमद अल नुआइमीले आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताए ।
मानवअधिकार परिषद्को ४७औं सत्रमा खेलकुदको माध्यमबाट मानवअधिकाारको प्रवद्र्धन हुने प्यानल छलफलमा उनले यस्तो बताए ।

फिफाको आयोजना गरिरहँदा कतारले मानव अधिकारको क्षेत्रलाई सकारात्मक प्रभाव पार्ने विषयमा कतार सरकार गम्भीर भएको र कतारले यसक्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाउन खोजेको उनको भनाइ थियो ।

अन्तर्राष्ट्रिय श्रम संगठन तथा अन्तर्राष्ट्रिय ट्रेडयुनियन कनफेडरेसन समेतसँग मिलेर खेलकुदको पूर्वाधार क्षेत्रमा क्रियाशील सबै मजदुरहरूको हितलाई ध्यान दिएको उनले जनाए ।

खेलकुद एक वैश्विक भाषा भएको र यसले विशेषरूपमा युवा मााझ मानवअधिकार तथा स्वतन्त्रताका आधारभूत सिद्धान्त, ऐक्यबद्धता, समानता र सहिष्णुताका लागि योगदान दिने उनले बोल्ने क्रममा बताए ।

फिफा वल्र्ड कप फाइनल, ओलम्पिक तथा पाराओलम्पिक र एथलेटिक्स च्याम्पियनसीप जस्ता खेलकुदका आयोजनाहरूले आर्थिक विकास र जनचेतना जगाउने प्रभावशाली उपकरण रहेको छ ।खेलकुदले सबै मानिस समान हुन भन्ने भाव जागृत गर्ने गरेको बताउँदै उनले कतारले पहिलो पटक फिफाजस्तो खेलकुदको आयोजना गरिरहेको बताए । आगामी दिनमा अन्य विश्वस्तरीय खेलकुदको आयोजना गराउने विश्वास उनले दिलाएका थिए ।

 



प्रतिक्रिया दिनुहोस !