यस्तो छ आज देशभरको मौसमको अवस्था

काठमाडौं । देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । बाग्मती प्रदेशका केही स्थानहरुमा मध्यम्/भारी वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । सुदूुरपश्चिम प्रदेश र बागमती प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।
राती पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले चेतावनी जारी गर्दै भनेको छ, “देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र केही स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी/ धेरै भारी वर्षाको सम्भावना रहेको छ । त्यसैले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।”